३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


टोटनह्याम एफए कपको चौथो चरणमा


0
Shares

एजेन्सी । प्रिमियर क्लबहरु टोटनह्याम हट्सपर र न्युकासल युनाईटेड एफ.ए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् ।

गएराती भएको तेस्रो चरणको रि–प्ले मा मिडिल्सब्रोलाई २–१ ले हराउँदै टोटनह्याम चौथो चरणमा पुगेको हो । खेलमा टोटनह्यामलाई विजयी गराउन जिओभानी लो सेल्सो र एरिक लामेलाले एक एक गोल गरे ।

तेस्रो चरणकै अर्को खेलमा रोचडेल फुटबल क्लबलाई ४–१ ले हराउँदै न्युकासल युनाईटेड पनि चौथो चरणमा उक्लेको छ ।

गएराती भएका अन्य खेलहरुमा ब्ल्याकपुललाई २–० ले हराउँदै रिडिङ तथा ब्रिस्टोल रोभर्सलाई ३–० ले हराउँदै कोभेन्ट्री सिटी पनि चौथो चरणमा पुगेका छन् ।