२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


भारतविरुद्ध अस्ट्रेलियाको शानदार जित


0
Shares

काठमाडौं । भारतविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा अस्ट्रेलियाले शानदार जीत निकालेको छ ।

मुम्बईमा हिजो भएको खेलमा पाहुना टोली अष्ट्रेलिया १० विकेटले विजयी भयो ।

घरेलु टोली भारतले दिएको २ सय ५६ रनको लक्ष्य अस्ट्रेलियाले ३७ ओभर ४ बलमा विना कुनै विकेटको नोक्सानीमा पुरा गर्‍यो ।

अस्ट्रेलियाका लागि डेभिड वार्नर र आरोन फिन्चले शतकीय पारि खेले । वार्नरले अविजित १ सय २८ रन बनाउँदा फिन्चले अविजित १ सय १० रन जोडे ।

यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको भारतले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ५५ रन बनाएको थियो ।

उसका लागि शिखर धवनले ७४ रन जोड्दा के.एल राहुलले ४७ रनको योगदान दिए । बलीङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए ।

श्रृंखलाको दोस्रो एक दिवसिय खेल शुक्रवार राजकोटमा हुनेछ भने अन्तिम खेल आइतवार बैगलोरमा हुनेछ ।