
सिन्धुपाल्चोक । जारि प्रथम भदौरे गणेश कपमा चितवन र रामेछाप जिल्ला फाइनल प्रवेश गरेका छन् ।
मंगलबार भएको सेमिफाइनल खेलमा चितवनले २५/१०,२५/१५ र २५/१३ को सोझो सेटमा नुवाकोट लाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । सो खेलको म्यान अफ दि म्याच चितवनका राम बहादुर थापा मगर बने ।
सेमिफाइनल को दोस्रो खेलमा सिन्धुली र रामेछाप विचको खेल निकै प्रतिश्पर्धात्मक बन्यो । सिन्धुलिलाई रामेछापले २१/२५, २५/२२, २२/२५, २५/२१ र १५/१२ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गर्यो ।
प्रतियोगिताको फाईनल भोलि ११ बजे हुनेछ । फाइनल तथा समापन समारोह प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा हुने आयोजक संस्था भदौरे गणेश सामाजिक संस्थाले जनाएको छ ।
भदौरे गणेश सामाजिक संस्था र नेपाने युथ क्लबको आयोजनामा भएको प्रथम भदौरे गणेश २०७६ मा प्रथम हुने टिमले दुई लाख २० हजार २० र दोस्रो हुने टिमले एक लाख १० हजार १० नगद पुरस्कार को साथमा ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।
यो पुरस्कार राशि सिन्धुपाल्चोक जिल्लामै भलिबल खेलको सबैभन्दा ठुलो राशि हो भने ११ जिल्ला सहभागी भएको पनि पहिलो प्रतियोगिता हो ।
भ्रमण बर्ष २०२० लाई लक्षित गरि आयोजना गरिएको प्रतियोगितामा जिल्लाका विभिन्न पर्यटकीय स्थलको प्रचार व्यानर राखिएको छ भने खेलाडीलाई पनि होमस्टेमा बस्ने व्यवस्था मिलाईएको छ ।
प्रतिक्रिया दिनुहोस्