उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न अध्यक्ष ओलीको आग्रह « Image Khabar


उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न अध्यक्ष ओलीको आग्रह


२६ कार्तिक २०७८, शुक्रबार १८:५१


काठमाडौं, कात्तिक २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न आग्रह गर्नु भएको छ ।

महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उहाँले उच्च समझदारीका आधारमा प्रतिनिधि चयन गर्न आग्रह गर्नु भएको हो ।

प्रतिश्पर्धा मात्रै होइन, अझ उन्नत स्तरको समझदारी र सहमति लोकतन्त्रको उच्च स्तरीय अभ्यास रहेको अध्यक्ष ओलीको भनाइ छ ।

दलभित्रको समझदारी सुदृढ एकताको आधार हुने उहाँको भनाइ छ ।