
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज(मंगलबार)बाट छैटौं चरणका खेलहरु सकिंदैछन् ।
छैटौं चरणको अन्तिम खेलमा आज त्रिभुवन आर्मी क्लब र संकटा क्लब भिड्नेछन् । यो खेल जितेको खण्डमा आर्मी क्लब लिग तालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।
लिगमा हाल १३ अंकसहित मच्छिन्द्र क्लब शीर्ष स्थानमा रहेको छ भने एक खेल कम खेलेको आर्मी क्लब १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
आज संकटाविरुद्ध जित निकाल्न सके आर्मी क्लबले मच्छिन्द्रसँग दुई अंकको अग्रता लिंदै शीर्ष स्थानमा पकड जमाउनेछ ।
ए डिभिजन लिगमा हिजो न्यूरोड टिम एनआरटीले नेपाल पुलिस क्लबलाई १-० ले हराउदा च्यासल युथ क्लबले सशस्त्र प्रहरीको एपिएफ टिमसँग बगोलरहित राबरी खेलेको छ ।
प्रतिक्रिया दिनुहोस्