 
	    काठमाडौं । ज्वालामुखीसँगै निस्किएको बाक्लो धुवाँका कारण वायू प्रदुषण भएको भन्दै फिलिपिन्समा आठ हजार भन्दा बढी सर्वसाधारणलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।
राजधानी मनिला नजिकै टालमा भएको ज्वालामुखी विस्फोटपछि निस्किएको धुवाँ र खरानीका कारण वायू प्रदुषण भएको भन्दै अधिकारीहरुले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका हुन् ।
फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी तालको आसपासका सर्वसाधारण प्रभावित हुने भन्दै अन्यत्र स्थानान्तरण गर्नुपरेको सरकारी अधिकारीहरुले जनाएका छन् ।
ज्वालामुखी र भूकम्पका कारण अझै विनास निम्त्याउने भन्दै सतर्क रहन सरकारी अधिकारीहरुले अपिलसमेत गरेका छन् ।
ज्वालामुखीका कारण बाक्लो तुवाँलोले वायू प्रदुषण गरेको भन्दै मनिलामा अन्तर्राष्ट्रिय उडानसमेत स्थगन गरिएको समाचारमा जनाइएको छ ।(एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्