
काठमाडौं, साउन १८ । लोकदोहोरी गायिका सीता थापामाथि केही दिनअघि सांघातिक आक्रमण गर्ने मनमाया थापामगरलाई कडा कारबाही गर्न राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले माग गरेको छ ।
प्रतिष्ठानका पदाधिकारी तथा कलाकारहरुले शुक्रबार ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख गणेश ऐरलाई भेटेर दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।
एसएसपी ऐरले मनमायालाई पक्राउ गरी ज्यानमार्ने उद्योगअन्तर्गत् मुद्दा चलाएको जानकारी दिए ।
घरायसी झगडाका कारण केही दिनअघि गायिका थापाकी जेठानी मनमायाले उनीमाथि धारिलो हतियारले आक्रमण गरेकी थिइन् ।
गायिका थापाले आफ्नो ज्यान लिने उद्देश्ले आक्रमण भएको दाबी गरेकी छन् ।
गायिका थापाको टाउकोको पछिल्लो भागमा गहिरो चोट लागेको छ भने दायाँ हातको बूढी औंला पनि छिनेको छ ।
उनको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्