२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024


महर्षि वेदव्यासको एक सय आठ फिट अग्लो मूर्ति आज स्थापना गरिदै


0
Shares

तनहुँ । तनहुँको दमौलीमा महर्षि ब्यासको १ सय ८ फिट अग्लो मूर्ति निर्माणको काम थालिएको छ । व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषले महर्षि वेदव्यासको मूर्ति निर्माणका लागि पाञ्चायन मन्दिर परिसरमा मूर्ति निर्माण सुरु गरेको हो ।

चार वेद र अठार पुराणका रचयिता महर्षि वेदव्यासको जन्मस्थल व्यास क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तब्य बनाउने उद्धेश्यले १ सय ८ फिट अग्लो मूर्ति स्थापना गर्न लागिएको व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले बताउनु भएको छ । मूर्ति निर्माणका लागि करीब ६४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । मन्दिर परिसरमा अहिले जग खन्ने काम भैरहेको छ ।