५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


जो कलिलैमा देउतालाई चढाइए


0
Shares

बैतडी । विष्णदेवी धामीलाई आफ्नो उमेर थाहा छैन । हेर्दा सात दशक काटेकी जस्ती देखिन्छन् । बैतडीको प्रख्यात त्रिपुरासुन्दरी मन्दिरछेउको घरमा एक्लै बस्छिन् ।

मन्दिरमा हुने पूजाआजा र उत्सवको समय पाइने धेरथोर रकमबाट गुजारा गर्छिन । विहान उज्यालो नहुँदै उठ्नु, मन्दिरको सरसफाइ र लिपपोत उनको नित्यकर्म हो ।

उनी आठ बर्षको उमेरदेखि यही मन्दिरमा छिन् । ‘युवावस्थाका केही बर्ष बाहेक वाल्यकालदेखि निरन्तर मन्दिरको सेवकका रुपमा बस्दै आएकी छु । आमाबुबा सानैमा विते । दुई बहिनी र एक भाइ हौं’, उनले भनिन, ‘अहिले घरबार, आफन्त जे भने पनि यही मन्दिर हो ।’

विष्णाजस्तै निधारभरी अबिर, त्यसमाथि सेतो चन्दन र चामलको सेतो टीका लगाएका केही बृद्धा अहिले पनि बैतडी र डडेल्धुराका भगवती मन्दिरमा लिपपोत र अन्य काम गरिरहेका हुन्छन् ।

कुनै समय देउकीका रुपमा चढाइएका उनीहरुमध्ये अधिकांशको जीवन कठिन छ ।

०४२ साल अघिसम्म रजस्वला नहुँदै विभिन्न भाकल गरेर बालिकालाई मन्दिरमा चढाउने कुप्रथा थियो । कान्तिपुर दैनिकबाट