Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


सरकारले सुकुम्बासी बस्तीमाथि बर्बरतापूर्वक हमला गरेकाे सभापति थापाकाे आराेप

प्रतिवादमा उत्रिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन

78
Shares

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले सुकुम्बासी बस्तीमाथि बर्बरतापूर्वक हमला गरेको आराेप लगाउनुभएकाे छ ।

पार्टी मुख्यालय सानेपामा शुक्रबार आयोजित ‘नेपालमा भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीको अवस्थाः डोजर आतंक र सुकुम्बासी पीडा’ विषयक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले त्यसको प्रतिवादमा उत्रिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभएको हो । सभापति थापाले पार्टीका संघीय तथा प्रदेश तथा स्थानीय सरकारमा रहेकाहरुलाई सरकारको सोही बर्बरताकोविरुद्ध प्रतिवाद गर्न सचेत गराउनुभयो ।

सरकारले सुकु्म्बासी बस्तीमा बर्बरता देखाएर पनि कम्फरटेबल फिल गरिरहेको भन्दै यस्तो शासक आफूले यसअघि नदेखेको समेत दावी समेत गर्नुभएकाे छ । सभापति थापाले सरकारले बल प्रयोग गर्दा नागरिकलाई पीडालाई समेत बेवास्ता गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

सभापति थापाले सुकुम्बासीको पक्षमा काम गर्नुपर्नेतर्फ केन्द्रित हुन कांग्रेसले नेतृत्व गरिरहेका प्रदेश र स्थानीय सरकारलाई पनि सचेत गराउनुभएकाे छ ।