काठमाडाैं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको गौरव र प्रतिष्ठालाई अझै वृद्धि हुनेगरी कूटनीतिलाई अघि बढाउन सम्वद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ ।
काठमाडौंमा शुक्रबार नेपाल विश्व सम्बन्ध परिषद्ले आयोजना गरेका एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ता बताउनुभएको हो । सभामुख अर्यालले कूटनीतिक नियोगहरुको सहभागितामा कूटनीतिक सफलताको नयाँ अध्याय शुरु गर्न आवश्यक रहेको पनि बताउनुभयो । उहाँले नेपालको राष्ट्रिय महत्व बुझाउनका लागि अन्तर्राष्ट्रिय विज्ञहरुको उपस्थितिमा जनसहभागितामूलक कार्यक्रममा जोड दिन आवश्यक रहेको पनि बताउनुभएकाे छ ।
शिक्षाको माध्यामद्वारा प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता र जनसहभागिताका कार्यक्रमहरुद्वारा राष्ट्रिय महत्व बुझाउन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयाे । सभामुख अर्यालले त्यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने पनि बताउनुभएकाे छ।
सभामुख अर्यालले नेपालले राष्ट्रिय नीतिका लक्ष्यहरु पूरा गर्नका लागि अझै धेरै मेहनत गर्नुपर्नेमा जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्