२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


प्रिन्स दुई विधामा फाइनलमा


0
Shares

काठमाडौं, पुस २५ । उदीयमान ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल काठमाडौंमा जारी १७ वर्षमुनिको ‘प्रेसिडेन्ट कप नेपाल इन्टरनेसनल सिरिज २०२०’ को दुई विधामा फाइनलमा पुगेका छन् ।

प्रिन्स पुरुष एकल र जोडी दुवैतर्फ फाइनलमा पुगेका हुन् ।

भारतका अभिनविरुद्ध जित

प्रतियोगितामा दोस्रो वरीयताप्राप्त तथा विश्व जुनियर वरीयतामा १४औं स्थानमा रहेका प्रिन्सले शुक्रबार सेमिफाइनलमा भारतका अभिन वशिष्ठमाथि २१–१८, २०–२२ र २१–१७ को जित निकाल्दै उपधिनजिक पुगेका हुन् ।

अब प्रिन्सले उपाधिका लागि पहिलो वरीयता तथा विश्व जुनियर वरीयतामा तेस्रो स्थानमा रहेका भारतका मिरबा लुवाङ्गसित प्रतिस्पर्धा गर्नेछन् ।

लुवाङ्गले श्रीलंका खेलाडीलाई हराएर फाइनलमा ठाउँ बनाएका हुन् ।

पुरुष युगल

त्यस्तै, प्रिन्स पेम्बा शेर्पासित मिलेर पुरुष युगलमा पनि फाइनलमा पुगेका हुन् ।

प्रिन्स र पेम्बाको जोडीले आफ्नै देशका अमृत चौधरी र जेबी साउदलाई २१–१० र २१–११ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

फाइनलमा प्रिन्सको जोडीले भारतीय जोडीसित उपाधिका लागि खेल्नेछ ।

महिला जोडी

महिला जोडीतर्फ विष्णा विष्ट र प्रसुना खत्रीको जोडीले नेपालकै रोन पाण्डे र अलिना सुनारबाट ‘वाकओभर’ पाउँदै उपाधिका लागि फाइनलमा भारतीय जोडीलाई प्रतिस्पर्धी पाएको छ ।

भारतीय जोडीले सेमिफाइनलमा नेपालका निता लम्साल र सीमा राजवंशीको जोडीलाई हराएको थियो ।

भारतकी मिर फाइनलमा

नेपाल ब्याडमिन्टन संघको आयोजनामा जारी प्रतियोगिताको महिला एकलतर्फ भारतकी तस्निमा मिरले नेपालकी निता लम्साललाई २१–९ र २१–९ को सोझो सेटमा हराउँदै फाइनलमा पुगिन् ।

मिश्रिततर्फ पनि मिरले आयन रशिदसित मिलेर सेमिफाइनलमा नेपालका गोकुल जोरा र निता लम्सालको जोडीलाई २१–१२ र २१–११ ले पराजित गर्दै फाइनलमा पुगे ।

फाइनल खेलहरु शनिबार दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ ।