२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


‘ए’ डिभिजन लिगका छैटौं चरणका खेल शनिबारदेखि, मनाङ र मच्छिन्द्र दबाबमा


0
Shares

काठमाडौं, पुस २५ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबारदेखि छैटौं चरणका खेलहरु सुरु हुँदैछन् ।

शनिबार दुई खेल

दशरथ रंगशालामा मध्याह्न १२ बजे मच्छिन्द्र क्लबले जावलाखेल युथ क्लबसित तथा दिउँसो ३ बजे मनाङ–मर्स्याङ्दी क्लबको भिडन्त हिमालयन शेर्पा क्लबसित हुनेछ ।

कारबाही

साविक विजेता मनाङ र मच्छिन्द्र दबाबमा छन् ।

यी दुवैबीचको गएको सोमबार भएको खेलमा खेलाडीहरुबीच हानाहान भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन समितिले दुवै क्लबका तीन/तीन खेलाडीलाई कारबाही गर्दा दबाबमा परेका परेका हुन् ।

मनाङका जगजीत श्रेष्ठलाई १० हजार रुपैयाँसहित पाँच खेल, अशोक बराललाई १० हजार रुपैयाँसहित ६ खेल तथा रन्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै, मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई समान दुई खेलमा प्रतिबन्ध लगाइएको छ ।

मनाङका म्यानेजर शिव लामा १० हजार रुपैयाँ जरिवानासहित बाँकी सबै खेल प्रतिबन्धमा परेका छन् ।

अनुशासन समितिले दुवै क्लबलाई समान ५० हजार रुपैयाँ जरिवानासमेत गरेको छ ।

आर्मी शीर्षमा

पाँचौं चरणको समाप्तिसम्म त्रिभुवन आर्मी क्लब १२ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा रहेको छ ।

११ अंकको मनाङ दोस्रो, समान १० अंकबाट मच्छिन्द्र र थ्रीस्टार क्लब क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

पाँचौं स्थानको जावलाखेलको ९ तथा छैटौं स्थानको नेपाल पुलिस क्लबको ८ अंक छ ।