 
	    कैलाली । चक्कु प्रहार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।
टीकापुर नगरपालिका–८ का १८ वर्षीय अनुप साउदको हत्या आरोपमा भजनी नगरपालिका–३ का १९ वर्षीय किरन साउदलाई पक्राउ गरिएको इलाका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।
अनुपमाथि चक्कु प्रहार गरेपछि किरण टीकापुरस्थित आफन्तको घरमा गएको प्रहरीको भनाइ छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्