
एजेन्सी । बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबियामा गएराति भएको सेमिफाइनल खेलमा एट्लेटिकोले बार्सिलोनालाई ३–२ ले हरायो ।
खेलमा एथ्लेटिकोका लागि एन्जेल कोरियाले ८६ औं मिनेटमा निर्णायक गोल गरे । यसअघि बार्सीलोनाका लियोनल मेस्सी र एन्टोनियो ग्रेजम्यान तथा एथ्लेटिकोका कोके र अल्भारो मोराटाले एक एक गोल गरेका थिए ।
खेलको ५९ औं मिनेटमा बार्सीलोनाका मेस्सीले पेनाल्टी अवसर खेल फाले । यसैगरी ७४ औं मिनेटमा बार्साकै जेरार्ड पिकेले अर्को पेनाल्टी अवसर खेर फालेका थिए । एट्लेटिकोले अब उपाधिका लागि आफ्नै शहरको प्रतिद्धन्दी रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।
रियालले बुधबार भएको पहिलो सेमिफाईनल खेलमा भ्यालेन्सियालाई हराउँदै फाईनलमा स्थान पक्का गरेको थियो । स्पेसिन सुपर कपको ढाँचामा यो वर्षदेखि परिवर्तन गरिएको छ ।
स्पेनिस लिगको शीर्ष दुई टिम र कोपा डेल रेका फाइनल खेलेका दुई टिमलाई सुपरकपमा समावेश गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्