
काठमाडौं । सन्तोष साहुखलले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा कीर्तिमानी सय गोल पूरा गरेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर साहुखलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै सन्तोषले ए डिभिजनमा सय गोल पूरा गरेका हुन् ।
च्यासल युथ क्लबबाट खेलिरहेका सन्तोष डिभिजन लिगमा सय गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।
जारी लिगका सुरुवाती दुई खेलमा तीन गोल गर्दै सन्तोषले गोल संख्या ९९ पु¥याए पनि त्यसपछिका दुई खेलमा भने गोल गर्न सकेका थिएनन् ।
२०६० सालमा थ्री स्टार क्लबबाट लिगमा डेब्यु गरेका सन्तोषले थ्री स्टारबाट मात्रै ६ सिजन खल्दै ५२ गोल गरेका छन् ।
सन्तोषले मनाङ मस्र्याङ्दी, सशस्त्र प्रहरीको एपीएफ र च्यासलबाट गोल गरेका हुन् । जारी लिगको पाँचौ खेलमात्र भएकाले उनले कीर्तिमानलाई अझ बलियो बनाउने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्