 
	    एजेन्सी । म्यानमारमा बिद्यार्थी आन्दोलनका क्रममा चर्चामा रहेका अभियन्ता को जिमी पक्राउ परेका छन् । म्यानमारमा सन् १९८८ देखि चर्चामा रहेका उनी पछिल्लो समय सेना बिरोधी आन्दोलन चर्काएको आरोपमा पक्राउ परेका हुन् ।
म्यानमारको उत्तरी दागोनबाट उनलाई सेनाले घेरा हाली पक्राउ गरेको हो । उनी बसेका ठाउँमा सेनाले घेरा हालेपछी पछाडीको भागबाट भाग्न खोज्दा सेनाले ज्यादती गरि नियन्त्रणमा लिएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
बिद्यार्थी आन्दोलनका क्रममा उनी सन् २००७ देखि सन् २०१२ सम्म जेल जीवन बिताएका अभियन्ता हुन् । पछिल्लो समय उनले म्यानमारमा सैनिक बिरुद्ध आन्दोलन चर्काउन बिभिन्न योजनाहरु बनाएको आरोप सेनाले लगाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्