
काडमाडौं, पुस २२ । नेकपा सासंद विन्दा पाण्डेले नेपाललाई यसै वर्षभित्र छाउगोठ मुक्त बनउन सकिने बताएकी छन् । राजधानीमा मंगलबार गरिएको कार्यक्रममा सासंद पाण्डेले छाउगोठ मात्र भत्काएर छाउप्रथाको अन्त्य नहुने बताएकी छन् ।
शहरी क्षेत्रमा पनि महिनावारी बार्ने चलन रहेको भन्दै उनले महिनावारी बार्नुपर्ने विषय होइन भन्ने जनचेतना फैलाउनु आवश्यक रहेको बताइन् ।
नेपालले २०७६ साललाई महिला हिंसा विरुद्धको अभियान वर्षको रुपमा घोषणा गरेको बताउँदै राजनीतिक दलहरुहरुले पनि त्यसमा सघाउनुपर्ने बताइन् ।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले महिनावारीसंग जोडिएका कुरीतिहरुलाई अन्त्य गर्ने आजको पुस्ताको काँधमा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्