Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


सार्वजनिक लेखासहित ३ समितिको बैठक आज बस्दै


0
Shares

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीन वटा समितिको बैठक मंगलबार बस्दैछ।

सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक मंगलबार बस्न लागेको हो । संसद सचिवालयले सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ९ बजे सिंहदरबारमा बस्ने जनाएकाे छ । बैठकमा समितिको आन्तरिक कार्यविधि पारितका साथै बेरुजु छलफल उपसमिति गठनका विषयमा छलफल हुने कार्यसूची रहेको हाे ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि मंगलबार बिहान ९ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने भएकाे हाे। बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, मन्त्रालयका सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकलाई आमन्त्रण गरिएको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रि सम्बन्ध र पर्यटन समितिको बैठक पनि मंगलबार बिहान साढे ९ बजे बस्नेछ । बैठकमा परराष्ट्रमन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरुमा समितिलाई जानकारी गराउने कार्यसूची रहेको हाे । बैठकमा परराष्ट्रमन्त्री र मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको संसद सचिवालयले जनाएकाे छ ।