२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


अनलाइन ठगी गर्ने गिरोह पक्राउ


0
Shares

काठमाडौं, पुस २२ । महानगरीय अपराध महाशाखाले अनलाइनमार्फत् ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानमा बसेर अनलाइन व्यवसायमार्फत् ठगी गर्ने मोरङका अलङ्कार जैन, भारतका नवीन अग्रवाल, आनन्द अग्रवाल, रौतहटकी शर्मिलाकुमारी श्रेष्ठ र काठमाडौंका सुशील गुरुङलाई सोमबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले उपत्यकाका विभिन्न स्थानमा बसेर अनलाइनमार्फत् विभिन्न व्यक्तिलाई झुटा कुरा सम्प्रेषण गरी लाखौं रकम ठगी गरेकाले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेकासँग आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ । रासस