२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


मोटरसाइकल चोरी गर्दा–गर्दै प्रहरीको फन्दामा


0
Shares

काठमाडौं, पुस २२ । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिकाका २० वर्षीय युवराज तामाङ छन् ।

मंगलबार बिहान काठमाडौं महानगरपालिका–१५, चौमतीस्थित सडकबाट प्रदेश ३-०२-००२प३९५ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चोरी गरी डोर्‍याएर ल्याइरहेको अवस्थामा उनी प्रहरीको फन्दामा परेका हुन् ।

महानगरीय अपराध महाशाखा टेकु र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको संयुक्त प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।