
लहान, पुस २१ । सिरहाको गोलबजारमा एक युवतीमाथि आइतबार राति सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ ।
मोबाइल चार्ज गरिदिने बहानामा ती युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
सिरहाका १९ वर्षीया ती युवतीलाई मोबाइल चार्ज गर्ने नाममा कोठाभित्र लगेर जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए ।
घटनापछि सडकपेटीमा आएर पीडित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
तत्कालै पुगेका प्रहरीले युवतीलाई उद्धार गरी दुवैजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक पुरीले बताए ।
पीडित युवती र दुवै युवकको राति नै स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्