५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


‘ए’ डिभिजन लिग – पाँचौ चरणका खेलहरु आजदेखि


0
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका पाँचौ चरणका खेलहरु आजदेखि हुँदैछन् ।

शनिबारदेखि नै हुनुपर्ने भए पनि खराव मौसमका कारण अखिल नेपाल फुटबल संघ एन्फाले खेलहरु दुई दिन सारेको थियो ।

पाँचौ चरणका सबै खेल दशरथ रंगशालामा हुनेछ । आज दुई खेल हुनेछन् ।

मध्यान्ह १२ बजे न्यूरोड टिम एनआरटीले जावलाखेल युथ क्लबसंग र दिउँसो ३ बजे मनाङ्ग मस्र्याङ्दी क्लबले मच्छिन्द्र क्लबसंग खेल्नेछन् ।

चौथो चरणको समाप्तीसम्म मनाङ्ग, मच्छिन्द्र र जावलाखेल अपराजित छन् । साविक विजेता मनाङ्ग १० अंकसहित शीर्ष स्थानमा छ भने मच्छिन्द्र र त्रिभुवन आर्मी क्लबको समान ९–९ अंक छ ।

चौथो स्थानको जावलाखेलको ८ अंक हुँदा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबको समान ७ अंक छ । लिगमा अहिलेसम्म सरस्वती युथ क्लबले मात्र अंकको खाता खोलेको छैन ।