Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


‘घुमौं कर्णाली’ अभियान सफल बनाउन दौड प्रतियोगिता


0
Shares

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ नम्बर वडा कार्यालयले भ्रमण बर्ष २०२० अन्तर्गत यसपाली ‘घुमौं कर्णाली’ भन्ने नारालाई सार्थक पार्न दौड प्रतियोगिताको आयोजना गरेको छ ।

वडामा रहेको ऐतिहाँसिक काँक्रेविहारदेखि अधेरी गुफासम्म ७ किलोमिटरमा आइतबार दौड प्रतियोगिता संचालन गरिएको हो ।

दौड प्रतियोगितमा २ जना महिला सहित ४५ जनाले सहभागिता जनाएका छन् ।

प्रतियोगितमा डिलबहादुर बुढाले प्रथम, धिरेन्द्र भण्डारी दोश्रो तथा अमृत बुढाले तृतिय स्थान हासिल गरेका छन् ।

विजयी तीनै जना खेलाडीलाई कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, नगरप्रमुख देवकुमार सुबेदी तथा कर्णाली प्रदेश सरकारका मुख्य न्याधिवक्ता विद्याभूषण मानन्धरले संयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिबाट वडा ९ मा रहेका पर्यटक स्थलहरुको पर्यटन प्रवद्र्धन गर्नका लागी दौड प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।

दौडको अन्तिम गन्तव्य अधेरी गुफा करिव चार वर्ष अघि पत्ता लागेको हो ।