अमेरिकी करोडपति रोबर्ट डर्स्टलाई जन्म कैद « Image Khabar


अमेरिकी करोडपति रोबर्ट डर्स्टलाई जन्म कैद



एजेन्सी । आफनै साथीको हत्या आरोप लागेका अमेरिकी रियल स्टेट व्यवसायी तथा करोडपति रोबर्ट डर्स्टलाई जन्मकैदको सजायँ सुनाइएको छ ।

अमेरिकाको लस एन्जेलसस्थित एक उच्च अदालतले डर्स्टलाई आफ्ना मित्रको हत्या गरेको प्रमाणित भएपछि जन्मकैदको सजाय सुनाइएको हो । डर्स्टले सुसान बर्मनको टाउकोमा गोली हानी हत्या गरेको प्रमाणित भएको हो ।

आफ्नी पत्नी बेपत्ता भएको विषयमा बर्मनले प्रहरीलाई जानकारी गराउने डरले उनको हत्या गरेको स्वीकारेका छन् । टाउकोमा गोली लागेको अवस्थामा बर्मनको शव उनकै निवासमा फेला परेपछि अनुसन्धान थालिएको थियो ।

सोही क्रममा हत्या अभियोगमा डर्स्ट अमेरिकाको न्यू ओर्लियन्सबाट पक्राउ परेका थिए ।

७८ वर्षिय डर्स्टलाई जन्मकैदको सजायँ भएपछि बर्मनका परिवारले राहतको महसुस गरेका छन् । अपराध सम्बन्धि लेखक बर्मन डर्स्टका प्रवक्ता रहेका थिए । डर्स्ट अमेरिकी करोडपतिको सूचीमा परेका व्यक्ति हुन् ।