लगाइयो बडादसैँको साइतको टिका, टिका थाप्न हिँड्नेको चहलपहल सुरु « Image Khabar


लगाइयो बडादसैँको साइतको टिका, टिका थाप्न हिँड्नेको चहलपहल सुरु


0
Shares

काठमाडौं । बडादसैँको साइतको टिका लगाइएको छ । टिका लगाएसँगै उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ ।

दसैँको साइतको टिका लगाएर आफन्त र मान्यजनको हातबाट टिका लगाउन जाने सर्वसाधारणको सडकमा चहलपहल सुरु भएको छ । आफन्तसँग टिका थाप्न विशेषगरी महिला र बालबालिका बढी देखिएका छन् ।

सर्वाजनिक यातायातका साधनहरुमा पनि टिका लगाउन जानेहरुको भीड देखिएको छ । दसैंअघि लाखौं मानिस उपत्यका बाहिर गएकाले केही दिन सुनसान बनेको काठमाडौंका सडकमा आज टिकाको साइतपछि भने सर्वसाधारणको चहलपहल बढेको हो ।

चाडपर्वको बेलामा घरमै रमाइलो गर्ने प्रचलनका कारण अष्टमीपछि काठमाडौंका सडकमा गाडीको चाप घटेको थियो भने सर्वसाारणको आवागमन पनि कम भएको थियो ।