२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


आईपीएल : कोलकाता फाइनलमा, उपाधि भिडन्त चेन्नाईसँग हुने


0
Shares

एजेन्सी । दिल्ली क्यापिटल्सलाई हराउँदै कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्ववान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

युएईको सारजहामा गएराति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो । खेलमा दिल्लीले दिएको १ सय ३६ रनको लक्ष्य कोलकाताले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा ग¥यो ।

कोलकाताको जितमा भेन्कटस एयरले ५५ रनको महत्वपूर्ण पारी खेले । यस्तै सुबमन गिलले ४६ रन जोडे । दिल्लीका कागिसो रबाडा, एन्रिच नोर्किया र रविचन्द्र आश्विनले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । उसका लागि शिखर धवनले ३६ रन तथा श्रेयस एयरले अविजित ३० रन बनाए । कोलकाताका वरुण चक्रवर्तीले २ विकेट लिए । कोलकाताले अब शुक्रबार दुबईमा हुने फाइनल खेलमा चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ ।