निङ्गलाशैनी र मेलौली भगवती मन्दिरमा दुई हजार रांगा र बोकाको बलि « Image Khabar


निङ्गलाशैनी र मेलौली भगवती मन्दिरमा दुई हजार रांगा र बोकाको बलि


Border circle
Imagekhabar

बैतडी, असोज २७ । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी पशु बलि हुने बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाडौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज भव्य जात्रा सम्पन्न भएको छ ।

फूलपातीदेखि सुरु भएको जात्रामा आज महाअष्टमीमा बलिसहित पुजाआजा गरि सम्पन्न भएको हो । यसका साथै मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा पनि बलिसहित जात्रा सम्पन्न भएको छ ।

दुबै स्थानमा रहेका भगवतीका मन्दिरमा २ हजारबढी रांगा र बोकाको बलि दिइएको प्रहरीले जनाएको छ । निङ्गलाशैनी मन्दिरमा ३ सय २८ रांगाको बलि चढाएको प्रहरी चौकी देहिमाडौंका प्रमुख केशव सिंह भण्डारीले जानकारी दिनुभयो ।

घटस्थापनादेखि महाअष्टमीका दिनसम्म १ हजार ५ सय बोकाको बलि चढाइएको छ ।

यस्तै मेलौली भगवती मन्दिरमा पनि आज महाअष्टमीमा बलिसहित जात्रा सम्पन्न भएको छ । मेलौलीमा ९५ रांगा र १ सय ४४ बोकाको बलि दिइएको जनाइएको छ ।

जात्रामा सुदूरपश्चिम प्रदेशका साथै भारतीय दर्शनार्थी समेत आएका थिए । यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा पारिनुका साथै मदिरा बिक्रीवितरण, सेवन र जुवातास खेल्न पूर्ण रुपमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्