मुगु र कास्की दुर्घटनाप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त « Image Khabar


मुगु र कास्की दुर्घटनाप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त


Border circle
Imagekhabar

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुगु र कास्की दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले आज प्रेस नोट जारी गरेर ठूलो मानवीय क्षति हुने गरी मुगु र कास्कीमा भएका सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

उपराष्ट्रपति पुनले दुवै दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

यस्तै दुर्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि दुःख व्यक्त गर्नुभएको छ । छुट्टाछुट्टै समवेदना सन्देश जारी गर्दै उहाँहरूले मृतकका परिवारप्रति सहानुभूतिका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्