Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


पचली भैरवको घ्याम्पो जात्रा शुरु


0
Shares

काठमाडौं । पचली भैरवको घ्याम्पो जात्रा शुरु भएको छ । काठमाडौंको टेकुस्थित ७ वटा घाटको बीचमा रहेको पचली भैरबको पिठमा होम तथा पूजा गरी जात्रा शुरु भएको हो ।

दशैंको चौथो र पाचौं दिन मनाइने यो जात्रामा भैरवको घ्याम्पोलाई खटमा राखी टेकु, गोफल, लगनटोल, जैसीदेवल, चिकमुगल, मरुगणेशस्थान हुँदै हनुमानढोका दरबारमा लग्ने गरिन्छ ।

सो अवसरमा जिवित देवी कुमारीलाई समेत हनुमानढोका परिसरमा जात्रा अवलोकनका लागि लगिन्छ ।

मध्यरातमा अजिमासहित पचली भैरवमा बलीसमेत दिएर सोही बाटो हुँदै ज्यापु समुदायको घरमा भैरवको घ्याम्पोलाई प्रतिस्थापन गरिन्छ ।

वर्ष भरि सर्वसाधरणको दर्शनका लागि भैरवको घ्याम्पो त्यहीँ राख्ने गरिन्छ ।