
धनकुटा, पुस १७ । त्रिभुवन आर्मी क्लब धनकुटामा जारी प्रथम सहिद रिदामाहाङ्ग–रामालिहाङ्ग आठपहरिया महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार तल्लो टुँडिखेलमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा रौतहट फुटबल क्लबलाई ६–० ले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।
आर्मीलाई जिताउन शर्मिला थापामगरले दुई तथा विमला चौधरी, रश्मी घिसिङ, सपना लामा र इन्दिरा राईले समान एक/एक गोल गरे ।
विमला खेलको ‘वुमन अफ दी म्याच’ घोषित भइन् ।
आर्मीले अब उपाधिका लागि शुक्रबार सशस्त्र प्रहरीको एपीएफ क्लबसित खेल्नेछ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा विजयी हुँदै सशस्त्र फाइनलमा पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्