चीन र ताइवानबिच बढ्दो तनावमा अमेरिकाको गम्भीर चासो « Image Khabar


चीन र ताइवानबिच बढ्दो तनावमा अमेरिकाको गम्भीर चासो


0
Shares

एजेन्सी । अमेरिकाले चिन र ताइवानबिच बढ्दो तनावमा आफ्नो गम्भीर चासो व्यक्त गरेको छ । ताइवानको आकास र आसपासको समुद्री क्षेत्रमा बढ्दा्े चिनको सैन्इ प्रभावलाई लिएर अमेरिकाले चासो जनाएको हो ।

चीनले लगातार चार दिनसम्म ताइवानको हवाई क्षेत्रमा दर्जनौं फाइटर जेट उडाएपछि ताइवानले विरोध जनाईरहेको छ । ताइवानको स्वतन्त्रता र सम्प्रभुताको पक्षमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ऐक्यबद्धता जनाएका हुन् ।

ताइवानले आफुलाई स्वतन्त्र देश बताउदै आएको छ । तर चीनले भने ताइवानलाई बृहत चिनको एक महत्वपूर्ण अंग मान्दै आएको छ । ताइवानमाथि चीनको थिचोमिचो बढ्दै गए आफुहरुले पनि सैन्य कदम चाल्न बाध्य हुनुपर्ने दिन आउसनक्ने अमेरिकाको चेतावनी छ ।