Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


गठबन्धन सरकार पाँच दलीय होइन, छ दलीय हो– महेश बस्नेत


0
Shares

दीपक घिमिरे
भैरहवा । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान शेरबहादुर नेतृत्वको सरकार पाँच दलीय नभई ६ दलीय भएको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ, नेपाल लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देहीको प्रथम युवा सम्मेलनलाई बिहीबार लुम्बिनीमा सम्बोधन गर्दै नेता बस्नेतले सरकारमा पाँच दलबाहेक प्रधानन्याधीश नेतृत्वमा रहेको पाँच जना न्यायाधीशको संवैधानिक इजलास अर्को दल भएको टिप्पणी गर्नुभयो । उहाँले न्यायाधीशहरूलाई श्रीमान् पाँचको संज्ञा दिनुभयो ।

नेपालको इतिहासमा न्यायालयले भाग खोजेको पहिलो घटना भएको बताउँदै नेता बस्नेतले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको छुट्टाछुट्टै कर्तव्य र अधिकार भए पनि संविधान र लोकतन्त्रलाई चुनौती दिने गरी न्यायालयले मन्त्रिपरिषद्मा भाग खोज्ने, पदवी दिलाउन भूमिका खेल्नु असंवैधानिक भएको बताउनुभयो ।

नेता बस्नेतले अहिले एमाले मुलुकको सबैभन्दा ठूलो शक्ति भएको दावी गर्दै एमाले कमजोर भएको सोच राख्नु कांग्रेस र माओवादीका लागि महाभुल हुने तर्क गर्नुभयो ।