
काठमाडौं, पुस १६ । नक्कली ‘स्मार्ट’ सवारीचालक अनुमतिपत्र बनाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक महाशाखाको संयुक्त टोलीले दुईजनालाई ललितपुरको ग्वार्कोबाट र चारजनालाई काठमाडौंको न्यूरोडस्थित फोटो कन्सर्न स्टुडियोबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सलार्हीका दीपक ब्लोन, काठमाडौं, कुलेश्वरका बुद्धिबहादुर रोक्का, चुच्चेपाटीका अनन्त गुरुङ, बाराका अशोक कार्की, सिरहाका मोहन यादव र लाजिम्पाटका कुमार तण्डुकार रहेका छन् ।
फोटो कन्सर्नमा तण्डुकार फोटोग्राफर, गुरुङ सेल्स अफिसर, कार्की प्रिन्टर र यादव क्यासियर भएको जनाइएको छ ।
सवारीचालकहरुबाट नियन्त्रणमा लिइएका केही ‘स्मार्ट लाइसेन्स’ नक्कली भेटिएपछि प्रहरीले अनुसन्धान गर्नेक्रममा फोटो कन्सर्नमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्