१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


अनुमति नलिइ इन्टरनेटमार्फत भैरहेका प्रसारण बन्द गर्न केवल व्यवसायीको माग


0
Shares

काठमाडौं, असोज १४ । नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले इन्टरनेट ओटीटी एप्स, वेब ब्राउजिङ्ग, आईपीटीभी र भीओडी लगायतले प्रशारणको अनुमति नलिइ प्रशारण गरिरहेकोमा आपत्ति जनाएको छ ।

बिहीवार केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेला २०७८ बाट पारित काठमाडौं घोषणा पत्र २०७८ जारी गर्दै महासंघले इन्टरनेट ओटीटी एप्स, वेब ब्राउजिङ्ग, आईपीटीभी र भीओडी लगायतले प्रशारणको अनुमति नलिइ प्रशारण गरिरहेकोमा आपत्ति जनाएको हो ।

राष्ट्रिय प्रशारण ऐन २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार प्रशारणको अनुमति नलिइ कार्यक्रम प्रशारण गर्न नपाइने भन्दै महासंघले गैरकानूनी प्रसारणले सबै केवल टेलिभिजन व्यवसाय नै बन्द हुने अवस्था आएको भन्दै गैरकानूनि कार्यहरु अविलम्ब बन्द गराउने माग गरेको छ ।

घोषणा पत्र जारी गर्दै महासंघका अध्यक्ष ध्रुव शर्माले नेपाल सरकारले विद्यमान राष्ट्रिय प्रशारण ऐन, २०४९ लगायतका प्रशारण सम्बन्धी सम्पूर्ण कानूनि व्यवस्थाको पालना गर्न लगाउने र सरकारले गैरकानूनि प्रशारण तत्काल बन्द गर्नुपर्ने बताउनुभयो । उहाँले ‘राइट अफ वे’ लगायतका विषयमा गम्भीर अध्ययन नै नगरी तथा सरोकारवाला निकायहरुसँग छलफल नै नगरी एकतफी रुपमा नेपाल विद्युत प्राधिकरणले पोल भाडा बढाएको भन्दै तत्काल मूल्य वृद्धि रद्ध गर्नुपर्ने माग राख्नुभयो ।

अध्यक्ष शर्माले केवल व्यावसायीहरुको हक हीतको संरक्षणको सम्बन्धमा आवश्यक छलफल र परामर्श गर्ने बताउनुभयो । उहाँले सहज ढंगबाट सरकारले कार्यान्वयन नगरेमा संघर्षका लागि ९ सदस्यीय संघर्ष समिति गठन गरेको समेत बताउनुभयो ।