बजेट कार्यान्वनयनका लागि अर्थ मन्त्रालयले निर्देशिका जारी गर्दै « Image Khabar


बजेट कार्यान्वनयनका लागि अर्थ मन्त्रालयले निर्देशिका जारी गर्दै


Border circle
Imagekhabar

काठमाडौं, असोज १३ । अर्थ मन्त्रालयले बजेट कार्यान्वनयन कार्यविधि निर्देशिका असोज महिना भित्रै जारी गर्ने जनाएको छ ।

केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट विस्थापन गर्दै आएको प्रतिस्थापन विधेयक संसदबाट पारित भइसकेको अवस्थामा यसको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले निर्देशिका ल्याउन लागेको हो ।

सरकार परिवर्तनसंगै बजेट अन्योलले झण्डै दुई महिना अप्ठ्यारो अवस्था रहेपनि अहिले सहज भएको मन्त्रालयका प्रवक्ता महेश आचार्यले सजानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको बजेट अघिल्लो सरकारले जेठ १५ मा ल्याएको बजेटकै निरन्तरता भएको र यसमा तीन प्रतिशमात्र संसोधन भएको भन्दै प्रवक्ता आचार्यले बजेट कार्यान्वयन भैरहेको पनि प्रष्ट्याउनुभयो ।
तयारी पुरा नभएका, बैदेशिक सहायताबाट संचालन गर्ने आयोजनाको हकमा प्रतिवद्धा समेत नआएका आयोजनाको हकमा मात्र संसोधन भएको मन्त्रालयले जनाएको छ । पहिला गरेका तयारीलाई निरन्तरता दिएको मन्त्रालयले जनाएको छ ।

पँुजीगत खर्च अब प्रत्येक महिना १० प्रतिशतका दरले हुने गरी काम गर्न अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिइसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्