३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


त्रिभुवन आर्मीसँग सुनसरी निरीह, आर्मी सेमिफाइनलमा प्रवेश


0
Shares

धनकुटा । विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब धनकुटामा जारी रिदामाहाङ्ग रामालिहाङ्ग प्रथम महिला फुटवल गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज(आइतबार) भएको खेलमा वराहक्षेत्र क्लब सुनसरीलाई ०–१० को विशाल गोलअन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

कमजोर प्रतिद्वन्द्वी देखिएको खेलमा त्रिभुवन आर्मी क्लबको तर्फबाट सपना थापा एक्लैले ५ गोल गरिन् । उनी आजको खेलको वुमन अफ द म्याचसमेत घोषित भइन् ।

त्यस्तै खेलमा विमला चौधरीले २ गोल र सर्मिला लामा, रश्मी घिसिङ्ग, पुजा रानामगरले समन एक एक गोल गर्न सफल भए ।

विभागीय टोलीमाथि निरीह देखिएको सुनसरीले कुनै पनि गोल गर्न सकेन ।

सोमबार नेपाल पुलिसको विभागीय टोली नेपाल पुलिस क्लव र बसाहा राईजिङ्ग युथ क्लव उदयपुरबीचको भिडन्त हुने आयोजकले जनाएको छ ।