चीनमा पानी जहाज दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु « Image Khabar


चीनमा पानी जहाज दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु


Border circle
Imagekhabar

एजेन्सी । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

अत्यधिक भारका कारण जहाज पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटना भएका बेला जहाजमा ४० यात्रु थिए ।

घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराइरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।

खोजीका लागि ५० भन्दा बढी जहाज र २ सय १४ जना उद्धारकर्ता परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्