१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


‘रेविज : तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ विश्व रेविज दिवस मनाइँदै


0
Shares

काठमाडौं । आज विश्व रेविज दिवस । हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने रेबिज दिवस नेपालमा पनि ‘रेविज : तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ मनाइँदैछ ।

बहुला कुकुरको टोकाइबाट मानिसमा सर्ने रेविज रोग विरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट यो रोग सर्ने गर्दछ । नेपालमा अर्थिक वर्ष २०ं७६/०७७ मा ५२ हजार जनालाई कुकुरले टोकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ ।

त्यस्तै अर्थिक वर्ष २०७७/०७८ मा २ लाख ९५ हजार भाइल रोविज विरुद्धको खोप लगाइएको महाशाखाले जनाएको छ । बहुला वा शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै सम्वभ भएमा सावुन पानी वा सफा पानीले टोकेको भागमा ५ मिनेटसम्म राम्ररी सफा गरी घाउमा डिटोल आयोडिनको झोल लगाउनु रेविजको प्राथमिक उपचार हो ।

नेपालका सबै जिल्ला अस्पताल र सरुवा रोग अस्पतालहरुबाट रेविज विरुद्धको खोप उपलब्ध रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।