Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


स्काउटले राजनीतिभन्दा माथि उठेर काम गर्नुपर्छ– मुख्यमन्त्री शाक्य


0
Shares

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपाल स्काउट, राजनीतिभन्दा माथि उठेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

सोमबार प्रदेश राजधानी हेटौंडामा भएको प्रदेश स्काउट तदर्थ समितिको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले स्काउटले राजनीतिभन्दा माथि उठेर सेवाको क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो ।

‘स्काउट विनास्वार्थ निष्पक्ष भावनाका साथ काम गरिरहेको संस्था हो’, शाक्यले भन्नुभयो, ‘संरक्षकको नाताले मुख्यमन्त्री कार्यालय एवम् प्रदेश सरकारबाट सकिने सहयोग गर्न सधैं प्रतिवद्ध छु ।’

स्काउटले समाजमा भएका हिंसा तथा असमानता कम गर्न भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।

समारोहमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले स्काउटको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा थप प्रभावकारी काम गर्न सुझाव दिनुभयो ।