आलमको मुद्दा आज पनि हेर्न नमिल्नेमा « Image Khabar


आलमको मुद्दा आज पनि हेर्न नमिल्नेमा


Border circle
Imagekhabar

काठमाडौं । पूर्वमन्त्री मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिए पनि इजलासले ‘हेर्न नमिल्ने’ भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएकोमा सो रिट निवेदन ‘हेर्न नमिल्ने’ भन्दै सुनुवाइ स्थगित भएको छ ।

नेपाली कांग्रेसका नेतासमेत रहेका आलमलाई थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने गरी तल्लो अदालतले गरेको फैसलालाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका आलमलाई तल्लो अदालतले थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने आदेश दिएकोमा आलमले धरौटीमा रिहा हुन माग गर्दै रिट निवेदन दिनु भएकाे हाे ।

उहाँको रिट निवेदनमा यसअघि पनि पटक पटक पेसी तोकिएको थियो । यद्यपि सुनुवाइ हुन सकेको थिएन । १४ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम काण्डमा आलमलाई मुख्य आरोपित बनाइएको छ । उहाँ रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । पक्राउपछि उनको सांसद पद निलम्बित छ ।

प्रतिक्रिया दिनुहोस्