Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


राष्ट्रपति भण्डारीद्वारा ‘विनियोजन विधेयक २०७८’ प्रमाणीकरण


0
Shares

काठमाडौं, असोज ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी विधेयक ‘विनियोजन विधेयक, २०७८ ‘प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै विनियोजन विधेयक प्रमाणीकरण गरेको जानकारी दिएको छ ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘विनियोजन विधेयक, २०७८“ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।