१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


सेना प्रमुखको बैठक सुरु


0
Shares

काठमाडौं, असोज ७ । पृतना खारेज भएपछि पहिलो पल्ट नेपाली सेनाका कमाण्ड सेनापतिहरुको समन्वयात्मक बैठक जंगीअड्डामा सुरु भएको छ ।

नेपाली सेना नदीको आधारमा छुट्याइएको कमाण्ड संरचनामा गएपछि बसेको कमाण्ड प्रमुखहरुको समन्वयात्मक बैठकको प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाली सेनाको रणनीति तहमा सञ्चालन हुने यस किसिमको छलफलले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षामा साझा धारणा निर्माण गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताउनुभयो । सरकारका विधिसम्मत आदेश अक्षरशः पालना गर्न नेपाली सेना कटिबद्ध रहेको उहाँको भनाइ थियो । बैठकमा सेनाका महानिर्देशनालय, निर्देशनालय, विभाग र कार्यालय प्रमुखको सहभागिता छ । बैठक भोलि पनि बस्नेछ ।