
काठमाडौं, पुस ९ । उपराष्ट्रपति नन्दबहादुर पुनले कसैको पनि जबर्जस्ती धर्म परिवर्तन नगराउन सचेत गराएका छन् ।
क्रिसमस पर्वको अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपालको कानुनले जबर्जस्ती धर्म परिवर्तनलाई छुट नदिएकोतर्फ ध्यानाकर्षण गराउँदै जबर्जस्ती धर्म परिवर्तन गैरकानुनी हुने बताए ।
धर्मको नाममा कसैलाई पनि उत्पीडन गर्न नहुने भन्दै उनले सबै जातजाति र धर्मलाई समानरुपले हेर्नुपर्नेमा जोड दिए ।
सार्वजनिक बिदा माग
कार्यक्रममा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले नेपालमा सबै धर्म मान्न पाउने धार्मिक स्वतन्त्रता रहेको भन्दै क्रिसमसमा पनि सार्वजनिक बिदा दिनुपर्ने माग गरे ।
प्रतिक्रिया दिनुहोस्