काठमाडौं । कार्टुनिष्ट रविन सायमीले सरकारले दिन लागेको पदक नलिने घोषणा गर्नुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै सायमीले सरकारले दिन लागेको विभुषण हाललाई ग्रहण नगर्ने निर्णय गरेको उल्लेख गर्नुभएकाे हो ।
‘सरकारले मलाई ‘प्रवल जनसेवा श्री’ बाट विभुषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभुषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’,उहाँले लेख्नुभएको छ ।
संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमीलाई ‘प्रवल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो ।
सातौँ संविधान दिवसको अवसरमा सरकारले नौ सय बढीलाई विभिन्न पदबाट विभूषण गर्ने नर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्