काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको हो । फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल पराजित हुन पुग्यो ।
खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । तर, विमला ३९औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिन पुगिन् । विमलाको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी थिइन् ।
दोस्रो हाफमा फिलिपिन्स खेलमा फर्कियो । यससँगै समूह ‘एफ’को नेपालले हारबाट छनोटको सुरुवात गरेको छ । पहिलो खेलमा ३ अंक जोडेको फिलिपिन्स अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
नेपालले अब हङकङ्सँग असोज ८ गते खेल्नेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्