२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


गोकर्ण रिसोर्ट अगाडी प्रदर्शन, टायर बालेर चक्काजाम


0
Shares

काठमाडौं । गोकर्ण रिसोर्ट र नारायणीहिटी जग्गामा देखिएको अनियमिततामा सरकार गम्भीर नभएको भन्दै विद्यार्थी तथा स्थानीयले मंगलबार विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले गोकर्ण रिसोर्ट परिसरमै टायर बालेर विरोध प्रदर्शन गरेका हुन । नेविसंघका नेता डुजाङ शेर्पाको अगुवाइमा निराजन नेपाल, कविर शर्मा, पल बज्राचार्यलगायत डेढसय सहभागीले सरकारको निर्णय विरुद्ध चर्को नाराबाजी गरे । उनीहरुले टायर बालेर एक घण्टा चक्काजाम समेत गरे ।

नेपाल ट्रस्टको कानून नै संशोधन गरेर गोकर्ण रिसोर्ट यति होल्डिङ्सलाई पुनः सस्तोमा लिजमा दिइएको तथा सोही कम्पनीलाई दरबारमार्गमा रहेको ट्रस्टअन्तर्गतको अर्को जग्गा पनि लीजमा दिइएको भन्दै विरोध हुँदै आइरहेको छ ।

पुरानो सम्झौताको अवधि ६ वर्ष बाँकी हुँदा नै नेपाल ट्रस्टको कानून संशोधन गरेर सरकारले यती समूहलाई दिने निर्णय गैरकानुनी र माफियामुखी भएकाले आफूहरु विरोधमा उत्रिनु परेको विद्यार्थी नेता डुजाङ शेर्पाले बताए ।