६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


ईमेजकर्मी ढुंगेलसहित ३३ पत्रकारलाई प्रेस काउन्सिलले पुरस्कृत गर्ने


13
Shares

काठमाडौं, भदौ ३० । प्रेस काउन्सिल नेपालले ईमेजकर्मी रमेश ढुंगेलसहित ३३ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।

इमेज ग्रुप अफ कम्पनीजमा कार्यरत पत्रकार ढुंगेललाई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट ढुंगेलसहित ७ जना पत्रकार पुरस्कृत हुनेछन् ।

यस बर्षको गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतीक’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रेस काउन्सिल सशक्त पत्रकारिता पुरस्कार विमल गौतम र दुर्गालाल केसीलाई प्रदान गरिने भएको छ । भाषागत पत्रकारिता पुरस्कारमा लक्की चौधरी, कैलाली (थारु भाषा)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

यस्तै क्रियाशील पत्रकारिता पुरस्कारमा माधव नेपाल, विन्दुकान्त घिमिरे, गोविन्द चौलागाईं, रामानन्द गुप्ता, बासुदेव शर्मा ‘बबिन’, सुशील अर्याल र रमेश ढुंगेललाई प्रदान गरिने भएको छ ।
यसैगरी युवा पत्रकारिता पुरस्कारमा घनश्याम खड्का, उर्वशी वस्नेत न्यौपाने, एलपि देवकोटा, जीवन सेजुवाल, मेघराज खड्का, केसी लामिछाने, देवेन्द्र बस्नेत, देवचन्द्र भट्ट, चुडामणि लिम्बु, भगवती थापा र शिवकुमार रिजाल ‘काशी’लाई प्रदान गरिने निर्णय गरिएको छ ।

पुरस्कारलगायत विभिन्न विषयमा छलफल गर्न काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।