
काठमाडौं । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेसंगै तरकारी उत्पादनमा कमी आएको छ ।
नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार २०७७÷७८ मा ६ दशमलव ५२ प्रतिशतले खाद्यबाली उत्पादनमा वृद्धि भएको छ भने २ दशमलव २६ प्रतिशतले तरकारी उत्पादन घटेको छ ।
त्यस्तै, पशुजन्य उत्पादन अण्डा, मासु, माछाको उत्पादन बढेको छ भने दुग्धजन्य उत्पादनमा शून्य दशमलव ६९ ले कमी आएको छ ।
कोरोना महामारीबाट सिर्जित बन्दाबन्दीका कारण तरकारी र दूधजन्य पदार्थको उत्पादनमा कमी आएको बताइएको छ । राष्ट्र बैंकको प्रतिवेदन अनुसार कर्णालीमा सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको छ ।
पर्यटक संख्या ९४ दशमलव ९६ प्रतिशतले घटेको छ । होटल तथा लज पनि ६ दशमलव ४३ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्