काठमाडौं । रातभरको बर्षाले पहिरो जाँदा मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।
सडक अबरुद्ध भएपछी सयौं यात्रुहरु अलपत्र परेका छन् । लगाातरको बर्षाकै कारण् पहिरो पन्छाउन कठिनाई भएको छ । यद्दपी एकतर्फ भएपनि बाटो खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्